काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशबासीको नाममा सम्बोधन गर्दैछन् ।
आज दिउँसो २ बजे प्रधानमन्त्री ओलीले सम्बोधन गर्न लागेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले लोकपथलाई जानकारी दिए ।
“आज दुई बजे प्रधानमन्त्रीले देशबासीका नाममा सम्बोधन गर्दै हुनुहुन्छ ।” उनले भने ।
ओलीले देशबासीको नाममा सम्बोधन गर्ने भएपछि आजका लागि बोलाइएको एमाले स्थायी कमिटी बैठक समेत प्रभावित परेको छ ।
आजनै ओलीले प्रधानमन्त्री पदबाट राजीनामा दिँदैछन् । यो प्रधानमन्त्रीको रुपमा ओलीको अन्तिम सम्बोधन हुनेछ ।
सोमवारको सर्वोच्च अदालतको फैसलापछि विपक्षी गठबन्धनको तर्फबाट कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्रीका रुपमा नियुक्त हुँदैछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया