कांग्रेस महाधिवेशन : महोत्तरीमा को-को छन् जिल्ला सभापतिको आकांक्षी ?

लोकपथ
156
Shares

जनकपुरधाम । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनको मिति तय भएपछि प्रदेश २ को महोत्तरीमा चुनावी चहलपहल बढेको छ । जिल्ला सभापतिका लागि आकाक्षीहरुले खुलेर आफ्नो नाम सार्वजानिक नगरेपनि भित्रभित्रै कसरत भने शुरुवात भइसकेको जिल्ला सभापति महेन्द्र कुमार रायले बताए ।

आफ्नो नजिकको केन्द्रीय नेताको सल्लाहमा यहाँका नेताहरु अघि बढ्दै भन्दै कसरत शुरु हुन थालेको छ । यहाँ कुनै समस्या नरहेको हामीहरु सहमतिमै अगाडि बढने आपसि छलफल भइरहेको उनले बताए ।

आगामी साउन १२ गते तोकिएको महाधिवेशनमा ५ गाउँपालिका र १० नगरपालिकाका गरी कुल १३६ वडाका क्रियाशील सदस्यले सहभागिता जनाउन पाउने जिल्ला सभापति रायले बताए ।

सबै जना अहिले सहमतिकै पक्षमा लागिराखेका छौँ । सामाजिक सञ्जालमा आकांक्षीहरुको नाम धेरै देखिएका छन् । पार्टीले बैठक बोलाएको छैन, साउन १२ गते वडा अधिवेशन, १६ गते गाउँपालिका तथा नगरपालिका अधिवेशन, २० गते क्षेत्रीय अधिवेशन, २३ गते जिल्ला अधिवेशनको तयारी भइरहेको छ । जिल्लाका नेताहरु जिल्ला बाहिर रहेकोले पार्टीको बैठक कहिले बस्ने भन्ने छलफल भएको छैन ।

उनले भने ‘ जिल्ला सभापतिको लागि धेरै आकांक्षी हुनु स्वभाविकै हो । नेपाली कांग्रेस पूरानो पर्टी भएकाले सबैको योगदान उतिकै रहेको छ । हामी अहिले चुनाव नगरेर सहमतिमा नै सभापति चुन्ने प्रयासमा छौँ ।’ पार्टीको बैठक बसेपछि जिल्ला सभापतिका उम्मेदवारहरुका नाम अगाडि आए पछि मात्र बैठले कुनै ठोस निर्णयमा पुग्ने उनले बताए ।

जिल्ला सभापतिमा ५ जनाको नाम चर्चामा :

सभापतिका लागि जिल्लामा १५ स्थानीय तहबाट ५ नेता आकांक्षी देखिएका छन् ।

सभापतिका लागि १२ आँैं महादिवेशनका निकटतम प्रतिद्वन्दी नागेश्वर यादव, वर्तमान जिल्ला सचिव शम्भु नारायण पाठक, महासमिति सदस्य चिरणजिवि हमाल, मंजरग नेपाली र जिल्ला कार्यसमिति सदस्य सुशिल कुमार यादव जिल्ला सभापतिका लागि उनीहरुको नाम चर्चा आएको छ ।

जिल्लामा यसपटक ८ हजार क्रियाशील नयाँ सदस्य थपिएका छन् । यसको नामावली केन्द्रमा पठाइ छानबिन भइरहेको बताइएको छ । नयाँ र पुराना गरी जम्मा जिल्लामा क्रियाशील सदस्यको संख्या १६ हजार पुग्ने सभापति रायले बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?