सिरहाबाट पेस्तोल सहित दुई जना पक्राउ

लोकपथ
84
Shares

सिरहा । सिरहाबाट प्रहरीले हतियारसहित दुई युवकलाई पक्राउ गरेका छ ।

पक्राउ पर्नेमा जिल्लाको मिर्चैया नगरपालिका वडा नम्वर १० बस्ने २६ वर्षीय रामकुमार यादव र २२ वर्षीय रुपेश यादव रहेका छन् ।
सोमबार दिउँसो प्रदेश प्रहरी कार्यालय जनकपुर र ईलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटेको संयुक्त प्रहरी टोलीले गोलबजार नगरपालिका वडा नम्वर ९ बाट दुबै जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

शंकाको आधारमा चेकजाँच गर्दा दुबैजनाको साथबाट मेड इन इटली लेखिएको अटोमेटिक पस्तोल एक थान, त्यसमा प्रयोग हुने एकवटा म्यगजिन र दुई राउण्ड गोली बरामद भएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता सुभाव बुढाथोकीले जानकारी दिए ।

दुबैजनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?