मोटरसाइकल दुर्घटना हुदाँ घाइते युवतीको उपचारको क्रममा मृत्यु

लोकपथ
371
Shares

महोत्तरी । महोत्तरीमा मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा एक युवतीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा जिल्लाको औरही नगरपालिका वडा नम्वर ४ कबिलासा बस्ने २३ वर्षीया निसा साह रहेको प्रहरीले जनाएको छ ।
आइतवार राति साढे १० बजेको समयमा महोत्तरी गौशाला नगरपालिका वडा नम्वर ५ कठुधारबाट गौशाला तर्फ जादै गरेको ज ११ प ५००३ मोटरसाईकल आफै अनियन्त्रित भई दुर्घटना हुदा पछाडि सवार निसा साह गम्भीर घाइते भएकी थिइन् ।

उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी महोत्तरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रकाश विष्टले जानकारी दिए । निसाको शव प्रादेशिक अस्पतालमा पोस्टमार्टम गरी परिवारजनलाई जिम्मा लगाएको उनले बताए ।

मोटरसाईकल प्रहरीको नियन्त्रणमा रहेको चालक फरार भएकाले खोजतलास तथा घटनाको सम्बनधमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?