विपक्षी गठबन्धनको बैठक सकियो, देउवाको नेतृत्वमा संयुक्त सरकारमा जाने निर्णय

लोकपथ
3.9k
Shares
file photo

काठमाडौं । विपक्षी गठबन्धनको बैठक सकिएको छ ।

एमाले वरिष्ठ नेता माधवकुमार नेपालको निवासमा बसेको बैठकले सभापति शेरबहादुर देउवाको नेतृत्वमा संयुक्त सरकार गठन गर्ने निर्णय गरेको छ ।

सर्वोच्च अदालतले प्रतिनिधि सभा पुनर्स्थापना गरी देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्ने परमादेश जारी गरेसँगै विपक्षी गठबन्धनको बैठक आह्वान गरिएको थियो ।

आजको बैठकको निर्णय अनुसार शुरुमा सानो आकारको मन्त्रिपरिषद् गठन गर्ने र पछि त्यसलाई आकार बढाउँदै लैजाने निर्णय गरेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?