आन्दोलनमा सरिक सबैलाई बधाई दिँदै देउवाले गरे सर्वोच्चको फैसलाको स्वागत (विज्ञप्तिसहित)

लोकपथ
182
Shares

काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधि सभा पुनर्स्थापना गर्ने सर्वोच्चको निर्णयको स्वागत गरेको छ ।

सभापति शेरबहादुर देउवाले एक विज्ञप्ति जारी गर्दै लिक बाहिर धकेलिएको संविधानलाई ट्रयाकमा ल्याएको बताएका छन् ।

साथै स्वतन्त्र न्यायपालिकाप्रतिको आस्था र विश्वासलाई थप अभिवृद्धि गरेको बताए ।

“सम्मानित सर्वोच्च अदालतले नेपाली कांग्रेस लगायत ५ दलले दर्ता गरेको रिट निवेदन उपर गरेको फैसलाको हार्दिक स्वागत गर्दछु । यो फैसलाले लिक बाहिर धकेलिएको संविधानलाई ट्रयाकमा ल्याएको छ । भने स्वतन्त्र न्यायपालिकाप्रतिको आस्था र विश्वासलाई थप अभिवृद्धि गरेको छ ।” जारी विज्ञप्तिमा भनिएको छ ।

“त्यसैगरी प्रतिनिधि सभा विघटनविरुद्ध आन्दोलन गर्ने सबैलाई बधाई समेत गरेका छन् । लोकतन्त्र र लोकतान्त्रिक संविधान रक्षाका लागि विभिन्न ढंगबाट आन्दोलनमा सरिक राजनीतिक दलहरु, सबै कानून व्यवसायीहरु, भातृ र सुभेच्छुक संस्थाहरु, नागरिक आन्दोलन र सजग सञ्चार माध्यम एवम् स्वदेश र विदेशमा रहेका सबै नेपाली दिदिबहिनी- दाजुभाईलाई बधाई ज्ञापन गर्दछु ।” उनले भने ।

जेठ ७ गते मध्यराती प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधि सभा विघटनलाई अनुमोदन गर्दै मध्यावधी निर्वाचन घोषणा गरेकी थिइन् । त्यसको विरुद्धमा परेको रिटमा फैसला गर्दै सर्वोच्चले आज देउवालाई प्रधानमन्त्री नियुक्त गर्ने परमादेश जारी समेत गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?