काठमाडौं । दक्षिण कोरियाली राष्ट्रपति मून जाइ-इन प्रतिको जनविश्वास गत हप्ताको तुलनामा ३।१ अङ्कले वृद्धि भई ४१।१ प्रतिशत पुगेको साप्ताहिक मूल्याङ्कन विवरणले देखाएको छ ।
मार्चपछि १८ हप्तामा उनिप्रतिको समर्थनमा पहिलोपटक ४० प्रतिशतभन्दा माथि पुगेको हो ‘रियलमिटर’ सर्वेक्षण रिपोर्टले देखाएको छ ।
राष्ट्रपति मूनको आचरणको नकारात्मक मूल्याङ्कन पहिलेको हप्ताको तुलनामा गत हप्ता ३।२ प्रतिशत अङ्कले घटेर ५४।९ प्रतिशतमा झरेको छ ।
मूनको डिमोक्रयाटिक पार्टीप्रतिको समर्थन गत हप्ता ३।३ प्रतिशतले वृद्धि भई ३२।९ प्रतिशत पुगेको छ । दक्षिण कोरियाको मुख्य प्रतिपक्षी दल, पिपल्स पावर पार्टीलाई गत हप्ता ३७।१ प्रतिशत समर्थन मिलेको छ । यो अघिल्लो हप्ताको तुलनामा ०।६ प्रतिशतले बढी हो ।
अर्को दल ओपन डिमोक्रयाटिक पार्टीप्रतिलाई सात प्रतिशत मात्र समर्थन मिलेको छ भने पिपल्स पार्टीलाई छ र जस्टिस पार्टीलाई ३।५ प्रतिशत समर्थन कायम भएको छ ।
एजेन्सी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया