ब्राजिलमा २४ घन्टामा कोभिड १९ बाट ५९५ जनाको मृत्यु

RSS
7
Shares

काठमाडौं ।कोभिड १९ बाट सबैभन्दा बढी प्रभावित भएका देशहरुको अग्रस्थानमा रहेको ब्राजिलमा २४ घन्टामा कोभिड -१९ बाट कम्तीमा पनि ५९५ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य मन्त्रालयको जानकारी अनुसार ब्राजिलमा आइतवार २४ घन्टा ५९५ जनाको ज्यान गएको हो ।

कोभीड १९ संक्रमणबाट ज्यान गुमाउनेको संख्या ५ लाख ३३ हजार ५८८ जना पुगेको छ । त्यसैगरी कोभिडबाट संक्रमित हुनेको संख्या पनि गएको २४ घन्टामा करिब २१ हजार जना रहेको छ । यो समेत गरी ब्राजिलमा कोभिडबाट संक्रमित हुने नागरिकको संख्या १ करोड ९० लाख भन्दा बढी प्गेको ब्राजिलको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

ब्राजिलमा दुई महिना अघि कोभिडका संक्रमितहरु घटेको भए पनि अहिले पछिल्ला केही दिनमा भने संक्रमितको संख्या बढ्दै गएको देखिएको छ ।

यहाँको सरकारले कोरोना भाइरसका विरुद्धको खोपलाई प्राथमिकतामा राखेर नागरिकहरुलाई खोप दिने कामलाई देशव्यापी अभियानका रुपमा सञ्चालन गरेको छ । ब्राजिलको साओ पाओलो शहर यहाँ सबैभन्दा बढी संक्रमणमा परेको शहर हो ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?