काठमाडौं उपत्यकामा १५ सय बढी सुरक्षाकर्मी तैनाथ : “शान्ती सुरक्षा खलबल हुन दिँदैनौँ”

लोकपथ
1.9k
Shares

काठमाडौं । सर्वोच्चले प्रतिनिधि सभा विघटन बदर गर्नुका साथै २ दिनभित्र कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्नुपर्ने भन्दै परमादेश जारी गरेसँगै नेपाल प्रहरी ‘हाइ अलर्टमा’ रहेको छ ।

सोमवार अदालतको आदेशसँगै काठमाडौं उपत्यकामा सुरक्षाकर्मीहरूको उपस्थिती बढाइएको नेपाल प्रहरीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) वसन्तबहादुर कुँवरले लोकपथलाई जानकारी दिए ।

फैसलापछि हुनसक्ने नाराबाजी, जुलुस, झडप, आन्दोलन र कुनैपनि घटना हुन सक्ने सम्भावना रहेकाले बाक्लो रुपमा सुरक्षाकर्मीहरू खटाइएको एसएसपी कुँवरले बताए ।

“काठमाडौं उपत्यकामा मात्रै १५०० बढी सुरक्षाकर्मी खटाएका छौं । आवश्यक्ता अनुसार थप सुरक्षाकर्मी स्ट्यान्ड बाई राखेका छौं ।” एसएसपी कुँवरले भने ।

शान्ती सुरक्षा खलबल हुने कुनै किसिमको क्रियाकलाप हन नदिने एसएसपी कुँवरले बताए ।

प्रहरी प्रधान कार्यालयका अनुसार आजै उपत्यकाको सर्वोच्च अदालत आसपास, माइतीघर र प्रदर्शनीमार्ग क्षेत्रमा बढी संख्यामा सुरक्षाकर्मी खटाइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?