३ कार्तिक २०७८, बुधबार

मोरङ काँग्रेसद्वारा उम्मेदवारको नाम सिफारिस

२०७४,आश्विन,२२,आईतवार ०६:१०


विराटनगर, २२ असोज ।नेपाली काँग्रेस मोरङले प्रतिनिधिसभा, प्रदेश र समानुपातिक गरी २२८ जना आकांक्षी उम्मेदवारको नाम सिफारिस गरेको छ ।छ वटा संसदीय क्षेत्र र १२ वटा प्रदेश रहेको मोरङ जिल्लाका लागि नेपाली काँग्रेस जिल्ला कार्य समितिको शनिबार बसेको बैठकले क्षेत्र नं– १ बाट पार्टी सभापति डिगबहादुर लिम्बू र क्षेत्र नं ५ बाट अमृत अर्यालको नाममा सर्वसम्मत निर्णय गरेको छ । दुवै जना सांसद छन ।जिल्लाका छवटै क्षेत्रबाट संसदीय क्षेत्र, समानुपातिक, प्रदेशको प्रत्यक्ष र समानुपातिकका लागि आएका नामलाई बैठकले अनुमोदन गरी केन्द्रमा सिफारिस गरिएको जिल्ला सचिव मोदराज घिमिरेले जानकारी गराएका छन ।सोहीअनुरुप, क्षेत्र नं १ बाट प्रत्यक्षका लागि एकमात्र डिगबहादुर लिम्बू छन भने सो क्षेत्रबाट समानुपातिक र दुई वटा प्रदेशको प्रत्यक्ष र समानुपातिकका लागि २० जनाको नाम सिफारिस गरिएको छ ।क्षेत्र नं २ बाट सुजाता कोइराला, डा मीनेन्द्र रिजाल र काशिरामलाई सिफारिस गरिएको छ । सो क्षेत्रबाट समानुपातिकसमेत गरी ३७ जनाको नाम सिफारिस गरिएको छ । क्षेत्र नं ३ बाट सुनीलकुमार शर्मा, मानबहादुर लिम्बू, भौसीदेवी खवास र समानुपातिकसमेत गरी २८ जना, क्षेत्र नं–४ बाट महेश आचार्य, दिलीप गच्छदार र डा मीनेन्द्र रिजाल र समानुपातिकसमेत गरी ३५ जनाको नाम परेको छ । उनीहरु सांसद हुन ।त्यसैगरी क्षेत्र नं ५ बाट प्रत्यक्षतर्फ एकमात्र अमृत अर्याल हुनुहुन्छ भने समानुपातिकसमेत गरी ३९ जना र क्षेत्र नं ६ बाट डा शेखर कोइराला, रमेशजङ्ग रायमाझी, डा डीला संग्रोला र अशोक कोइरालाको नाम सिफारिस गरिएको छ । सोमध्ये डा कोइराला र अशोक कोइराला सांसद हुन । उनीहरुसमेत गरी सो क्षेत्रबाट ६९ जनाको नाम सिफारिस गरिएको हो ।

प्रकाशित मिति: २०७४,आश्विन,२२,आईतवार ०६:१०

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

झापा । सोमवारदेखि लगातारको वर्षाका कारण झापामा १८ परिवार विस्थापित भएका छन् । जिल्ला प्रशासन कार्यालय झापाका अनुसार गौरीगञ्ज गाउँपालिका–१

मोरङ । प्रदेश–१ का मुख्यमन्त्री भीमप्रसाद आचार्यले राष्ट्र निर्माणमा विद्यार्थीको योगदान महत्वपूर्ण रहेको बताएका छन्। अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी

विराटनगर । पछिल्लो समयमा प्रदेश नं १ मा कोरोना संक्रमणदर घट्दै गएको पाइएको छ । सामाजिक विकास मन्त्रालयका अनुसार गएको

मोरङ । विगत लामो समयपछि प्रदेश नं १ मा आज सबैभन्दा कम ९३ जनामा कोरोना सङ्क्रमण भएको पुष्टि भएको छ

ताजा समाचार