“मलाई प्रधानमन्त्री बनाएको भन्दा पनि प्रतिगमनको कदम सच्याएका कारण फैसला ऐतिहासिक”

लोकपथ
364
Shares

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सर्वोच्च अदालतको फैसला ऐतिहासिक रहेको बताएका छन् ।

अदालतले आफूलाई प्रधानमन्त्री बनाएको भन्दा पनि संविधान विपरित गरिएको कदमलाई सच्याएका कारण फैसला ऐतिहासिक रहेको उनको भनाई थियो ।

सञ्चारकर्मीहरुसँगको प्रतिक्रियामा देउवाले भनेका छन् “निष्पक्ष र धम्कीसँग नडराउने अदालतले लोकतन्त्र, न्याय र विधिको शासनलाई बचाएको छ ।”

सर्वोच्चले प्रतिनिधि सभा विघटन बदर गर्नुका साथै २ दिनभित्र कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्नुपर्ने भन्दै परमादेश जारी गरेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?