सर्वोच्चको फैसलापछि पौडेलले दिए देउवालाई बधाई

लोकपथ
854
Shares

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रतिनिधि सभा पुनर्स्थापना गर्ने सर्वोच्चको फैसलाको स्वागत गरेका छन् ।

वरिष्ठ नेता पौडेलले सर्वोच्चको फैसलाले संविधानको रक्षा गरेको बताउँदै संविधान र संसद दुर्घटनामा लैजाने प्रयास असफल भएको बताए ।

“संविधान रक्षा गर्ने हाम्रो अभियान सफल भयो । संविधान र संसदलाई दुर्घटनामा लैजाने प्रयास असफल भएको छ ।” नेता पौडेलले भने ।

साथै नेता प्रतिनिधि सभा पुनर्स्थापना गर्ने सर्वोच्चको न्यायामूतीहरुलाई धन्यवाद दिँदै सभापति शेरबहादुर देउवालाई आगामी बधाई समेत दिएका छन् ।

“यसका निम्ति सर्वोच्चका न्यायमुर्तिलाई धन्यवाद र मेरा मित्र पार्टी सभापति शेरबहादुर देउवालाई हार्दिक बधाई ।” उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?