काठमाडौं । सर्वोच्चले प्रतिनिधि सभा विघटन बदर गर्नुका साथै २ दिनभित्र कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्नुपर्ने भन्दै परमादेश जारी गरेसँगै विपक्षी गठबन्धनको बैठक बस्ने भएको छ ।
आज साँझ पाँच बजे बस्नेगरी विपक्षी गठबन्धनको बैठक डाकिएको स्रोतले जनाएको छ ।
बैठक सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा बस्नेछ ।
गठबन्धनमा कांग्रेस, माओवादी, जसपा, एमालेको माधव नेपाल समूह र जनमोर्चा रहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया