देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्ने आदेशसँगै विपक्षी गठबन्धनको बैठक बस्दै

लोकपथ
1.6k
Shares

काठमाडौं । सर्वोच्चले प्रतिनिधि सभा विघटन बदर गर्नुका साथै २ दिनभित्र कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्नुपर्ने भन्दै परमादेश जारी गरेसँगै विपक्षी गठबन्धनको बैठक बस्ने भएको छ ।

आज साँझ पाँच बजे बस्नेगरी विपक्षी गठबन्धनको बैठक डाकिएको स्रोतले जनाएको छ ।

बैठक सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा बस्नेछ ।

गठबन्धनमा कांग्रेस, माओवादी, जसपा, एमालेको माधव नेपाल समूह र जनमोर्चा रहेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?