प्रतिनिधि सभा पुर्स्थापनापछि गगन थापाको प्रतिक्रिया यस्तो

लोकपथ
1.3k
Shares
sf7df8f}F, !) h]7 M k|ltlglw;efsf] k’gM:yfkgfsf nflu ;f]daf/ ;jf]{Rr cbfntdf l/6bfo/ u/L kmsg]{ qmddf g]kfnL sfFu|];sf g]tf uug yfkf ;~rf/sdL{x?;Fu s’/f ub}{ . t:jL/ M /Tg >]i7, /f;; .

काठमाडौं । नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले सर्वोच्च अदालतले संविधानको व्याख्या गर्दै त्यसको रक्षा गरेको बताएका छन् ।

प्रतिनिधि सभा विघटन असंवैधानिक रहेको र त्यसलाई अदालतले उल्ट्याउँदै संविधानको रक्षा गरेको बताए ।

सर्वोच्चको फैसलापछि सामाजिक सञ्जालमा लेख्दै नेता थापाले अदालतको आदेश मन नपराउन पाइए पनि अस्वीकार गर्न नपाइने जिकिर गरेका छन् ।

“प्रतिनिधिसभा विघटन असंवैधानिक थियो, सर्बोच्च अदालतले व्याख्या गर्दै संविधानको रक्षा गरेको छ।अदालतको आदेश मन परेन भने असहमत हुन पाइन्छ तर अस्वीकार गरिँदैन।” सामाजिक सञ्जालमा लेख्दै उनले भनेका छन् ।

साथै सर्वोच्चको फैसलाको कार्यान्वयनमा कसैले पनि बाधा पुर्याउन नहुने बताए ।

“उत्तेजना, दम्भ र अहंकार बोकेर फैसला कार्यान्वयनमा बाधा पुर्‍याउने मूर्खता कतैबाट नहोस् भन्ने आशा गरौं। नत्र भिरबाट खस्नेलाई रामराम।” उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?