सर्वाेच्चको फैसला स्वागतयोग्य : माधव नेपाल

लोकपथ
7
Shares

काठमाडौं। नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले सर्वाेच्च अदालतले प्रतिनिधि सभालाई जोगाउने काम गरेको भन्दै प्रतिनिधि सभा पुनःस्थापनाको फैसलाको स्वागत गरेका छन् ।

सर्वाेच्च अदालतले प्रतिनिधि सभा पुनः स्थापनाको फैसला गरेपछि प्रतिक्रिया दिदै नेपालले सर्वाेच्चको फैसला स्वागतयोग्य भएको बताएका हुन् ।
नेता नेपालले सर्वोच्चको फैसलाले न्यायपालीकाको मर्यादालाई उचो बनाएको पनि उल्लेख गरे ।

संविधानको रक्षामा र मुलुकमा राजनीतिक स्थिरताका लागि सर्वाेच्चको निर्णयले निकै राम्रो भूमिका खेल्ने नेता नेपालको भनाई छ ।

सरकारको सिफारिसमा गत जेठ ७ मध्यराति प्रतिनिधिसभा विघटन गर्ने राष्ट्रपतिको निर्णयलाई सर्वोच्च अदालतले बदर गर्दै शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन आज परमादेश जारी गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?