काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्माले प्रतिगमन परास्त भएको बताएका छन् ।
सोमवार प्रतिनिधिसभा विघटन बदर गर्ने सर्वोच्चको फैसलापछि नेता शर्माले आफ्नो ट्वीटरमा प्रतिगमन परास्त भएको प्रतिक्रिया दिएका हुन् ।
“प्रतिगमन परास्त भो ।” नेता शर्माले ट्वीटरमा लेखेका छन् ।
सर्वोच्चले प्रतिनिधि सभा विघटन बदर गर्नुका साथै २ दिनभित्र कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्नुपर्ने भन्दै परमादेश जारी गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया