काठमाडौं । सर्वोच्चको संवैधानिक इजलासले सोमवार पुनः प्रतिनिधि सभा पुर्स्थापना गरेको छ ।
आज प्रतिनिधि सभा विघटनविरुद्ध परेको रिटमा अन्तिम सुनुवाइ गर्दै संवैधानिक इजलासले विपक्षी गठबन्धनका उम्मेद्वार शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउनेसम्मको परमादेश जारी गरेको छ ।
त्यस्तै संविधानको धारा ७६(५) बमोजिम सरकार गठनका लागि दलीय ह्वीप नलाग्ने बताएको छ ।
गत जेठ ७ गते मध्यराती मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटनलाई अनुमोदन गरेकी थिइन् । त्यसको विरुद्ध परेको रिटमा असार २१ गते सबै बहस सकिएको थियो ।
साथै यसअघि गत पुस ५ गते भएको प्रतिनिधि सभा विघटन सर्वोच्चले फागुन ११ गते उल्ट्याइदिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया