एकीकृत पार्टीमा दुई अध्यक्ष, २९९ केन्द्रीय सदस्य

काठमाडौँ, १५ चैत- एमाले र माओवादी एकीकरणपछि बन्ने नेपाल कम्युनिस्ट पार्टीको विधान मस्यौदा तयार भएको छ । दुई अध्यक्षले आलोपालो प्रणालीबाट एकीकृत पार्टीको नेतृत्व सम्हाल्ने गरी २ सय ९९ सदस्यीय केन्द्रीय कमिटी रहने विधान मस्यौदा तयार भएको हो, नयाँ पत्रिकाले खबर छापेको छ  ।१६ अध्याय र ७८ धारा रहेको विधान मस्यौदालाई तीन विषयबाहेक संगठन तथा विधान मस्यौदासम्बन्धी कार्यदलले बुधबार टुंगो लगाएको हो । गृह मन्त्रालयमा बसेको कार्यदलको बैठकले विधानलाई पार्टी एकता संयोजन समितिलाई बुझाउने गरी अन्तिम रूप दिएको कार्यदलका सदस्य बेदुराम भुसालले बताए ।‘थोरै पृष्ठभूमि लेखेर अब पार्टी एकता संयोजन समितिलाई अन्तिम प्रतिवेदन बुझाइनेछ,’ नेता भुसालले भने, ‘केही विषय सकिनेबित्तिकै अब ऐतिहासिक एकता प्रक्रियाको घोषणा हुनेछ ।’एकीकृत पार्टीमा ३३ सदस्यीय स्थायी समिति, ९९ सदस्यीय पोलिटब्युरो र करिब ८ सय सदस्यीय राष्ट्रिय परिषद् सदस्य रहनेछन् । दश तहको संरचनामा बाँडिएको कमिटी हुनेछ । महानगर, उपमहानगर र गाउँपालिका कमिटीको हैसियत समान रहनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?