दोस्रो पटक प्रतिनिधि सभा पुनर्स्थापना : देउवालाई प्रधानमन्त्री बनाउन परमादेश

लोकपथ
560
Shares
sf7df8f}F !) h]7 Mg]kfnL sfFu|];sf ;efklt z]/axfb’/ b]pjf, g]skf dfcf]jfbL s]Gb|sf cWoIf k’iksdn bfxfn k|r08nufot k|ltlglw;ef lj36g lj?4 ;f]daf/ /fdzfx kyl:yt ;jf]{Rr cbfntdf l/6 btf{ ug]{ qmddf M /f]zg ;fksf]6f÷/f;;

काठमाडौं । सर्वोच्च अदालतले दोस्रोपटक प्रतिनिधि सभा पुनर्स्थापना गरेको छ ।

आज सर्वोच्चले प्रतिनिधि सभा पुनर्स्थापना गर्दै विपक्षी गठबन्धनका उम्मेद्वार शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गरेको हो ।

आज बसेको सर्वोच्चको संवैधानिक इजलासले कांग्रेस सभापति देउवालाई दुई दिनभित्र प्रधानमन्त्रीमा नियुक्त गर्न राष्ट्रपति कार्यालयलाई परमादेश जारी गरेको छ ।

गत जेठ ७ गते मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले अनुमोदन गरेको विघटनलाई सर्वोच्चले आज बदर गरिदिएको हो ।

प्रतिनिधि सभा विघटनविरुद्ध सर्वोच्चमा परेको मुद्दामा गत असार २१ गतेबाट बहस सकिएको थियो । आज प्रधानन्यायाधीशसहित ४ न्यायाधीशहरु छलफलमा रहेका थिए ।

यसअघि गत पुस ५ गते भएको प्रतिनिधि सभा विघटनलाई फागुन ११ गते सर्वोच्चले उल्ट्याइदिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?