रामनारायण यादव-जनकपुरधाम । प्रदेश २ मा महिला हिंसाका घटनाहरु बढिरहेको छ । महोत्तरीका सुजिता ठाकुरको घटना सेलाउन नपाउँदै धनुषामा एक नवविवाहित महिलाको शंकास्पद मृत्यु भएको छ ।
जिल्लाको बटेश्वर गाउँपालिका वडा नम्वर २ भूचक्रपुर कहचरीटोल बस्ने रामवृक्ष महतोकी २० वर्षीया पत्नी अञ्जु महतोको आइतवार साँझ शंकास्पद मृत्यु भएको हो ।
आफ्नै घरको ओछ्यानमा अञ्जुको शव फेला परेको इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरका प्रहरी निरीक्षक तिलक सुनारले जानकारी दिए । उनले भने, ‘मृतकको घाँटीमा झुण्डेर आत्महत्या गरेको जस्तो डाम देखिएकोले घटना शंकास्पद रहेको छ । शवको पोस्टमार्टम रिपोर्ट पश्चात थप कुरा बाहिर आउन सक्छ उने भने ।’
छोरीलाई हत्या गरेको माइत पक्षको आरोप :
यता माइत पक्षले ससुरा पक्षले मिलेर आफ्नो छोरीको हत्या गरेको दावी गरेका छन् । अञ्जुले आत्महत्या नगरेको र घर परिवारले नै मिलेर घाँटी थिचि उनको हत्या गरेको उनका बुबा रामजटन महतोको आरोप छ ।
अञ्जुको विवाह गत फागुन २० गते सामाजिक परम्परा अनुसार रामवृक्षसँग भएको थियो । विवाहपछि ससुरा पक्षले यस्तो बुहारीले घरपरिवार नचल्ने कुरा माइत पक्षलाई पटक–पटक सुनाएको आरोप छ ।
घटनाको सुक्ष्म अनुसन्धान गरी दोषीलाई कारबाही गर्न माइती पक्षले माग गरेका छन् । मृतकको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुर लगिएको र घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया