१५ असार २०७९, बुधबार

मोरङ काँग्रेसद्वारा उम्मेदवारको नाम सिफारिस

२०७४,आश्विन,२२,आईतवार ०६:१०

0
Shares

विराटनगर, २२ असोज ।नेपाली काँग्रेस मोरङले प्रतिनिधिसभा, प्रदेश र समानुपातिक गरी २२८ जना आकांक्षी उम्मेदवारको नाम सिफारिस गरेको छ ।छ वटा संसदीय क्षेत्र र १२ वटा प्रदेश रहेको मोरङ जिल्लाका लागि नेपाली काँग्रेस जिल्ला कार्य समितिको शनिबार बसेको बैठकले क्षेत्र नं– १ बाट पार्टी सभापति डिगबहादुर लिम्बू र क्षेत्र नं ५ बाट अमृत अर्यालको नाममा सर्वसम्मत निर्णय गरेको छ । दुवै जना सांसद छन ।जिल्लाका छवटै क्षेत्रबाट संसदीय क्षेत्र, समानुपातिक, प्रदेशको प्रत्यक्ष र समानुपातिकका लागि आएका नामलाई बैठकले अनुमोदन गरी केन्द्रमा सिफारिस गरिएको जिल्ला सचिव मोदराज घिमिरेले जानकारी गराएका छन ।सोहीअनुरुप, क्षेत्र नं १ बाट प्रत्यक्षका लागि एकमात्र डिगबहादुर लिम्बू छन भने सो क्षेत्रबाट समानुपातिक र दुई वटा प्रदेशको प्रत्यक्ष र समानुपातिकका लागि २० जनाको नाम सिफारिस गरिएको छ ।क्षेत्र नं २ बाट सुजाता कोइराला, डा मीनेन्द्र रिजाल र काशिरामलाई सिफारिस गरिएको छ । सो क्षेत्रबाट समानुपातिकसमेत गरी ३७ जनाको नाम सिफारिस गरिएको छ । क्षेत्र नं ३ बाट सुनीलकुमार शर्मा, मानबहादुर लिम्बू, भौसीदेवी खवास र समानुपातिकसमेत गरी २८ जना, क्षेत्र नं–४ बाट महेश आचार्य, दिलीप गच्छदार र डा मीनेन्द्र रिजाल र समानुपातिकसमेत गरी ३५ जनाको नाम परेको छ । उनीहरु सांसद हुन ।त्यसैगरी क्षेत्र नं ५ बाट प्रत्यक्षतर्फ एकमात्र अमृत अर्याल हुनुहुन्छ भने समानुपातिकसमेत गरी ३९ जना र क्षेत्र नं ६ बाट डा शेखर कोइराला, रमेशजङ्ग रायमाझी, डा डीला संग्रोला र अशोक कोइरालाको नाम सिफारिस गरिएको छ । सोमध्ये डा कोइराला र अशोक कोइराला सांसद हुन । उनीहरुसमेत गरी सो क्षेत्रबाट ६९ जनाको नाम सिफारिस गरिएको हो ।

प्रकाशित मिति: २०७४,आश्विन,२२,आईतवार ०६:१०

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

खोटाङ । खोटाङको धार्मिक तथा पर्यटकीयस्थल मझुवागढीमा बृक्षारोपण गरिएको छ । बृक्षारोपण दिवसको अवसरमा मझुवागढीमा मंगलबार बिहान फूल र सजावटजन्य

काठमाडौं । केहि दिनदेखि परेको अविरल वर्षाका कारण मोरङका धेरै स्थानहरु जलमग्न भएको छ । नदी कटानको कारण भएको डुबानले

काठमाडौं । आदिवासी जनजाति चलचित्र महासंघ प्रदेश नं. १ को नयाँ समितिको अध्यक्षमा ज्योतिराज राई निर्वाचित भएका छन् । विराटनगरमा

सुनसरी । धरानको एघारौं नगरसभामा उपमहानगरका उपप्रमुख अइन्द्रविक्रम बेघाले आर्थिक वर्ष २०७९/०८०काे बजेट प्रस्तुत गरेका छन् । उपमहानगरले आर्थिक वर्ष २०७९/०८०

ताजा समाचार

बालुवाटारमा आगलागी (तस्बिरसहित)
 २०७९,असार,१५,बुधबार १३:२१