काठमाडौँ, १५ चैत- उपत्यकावासीले बहुप्रतीक्षित मेलम्ची खानेपानी आयोजनाको पानी दसैँअघि पिउन पाउने भएका छन् । सुरुङ खन्ने काम वैशाख पहिलो हप्ताभित्र पूरा हुने र दसैँअघि पानी वितरण गरिने आयोजनाकोलक्ष्य छ, नयाँ पत्रिकामा खबर छ ।‘वैशाख पहिलो हप्ताभित्र सुरुङ खन्ने काम पूरा हुन्छ,’ मेलम्ची खानेपानी आयोजनाका कार्यकारी निर्देशक रामचन्द्र देवकोटाले भने, ‘राजधानीवासीले दसैँअघि नै मेलम्चीको पानी प्रयोग गर्न पाउनेछन् ।’ एक सय २१ मिटर सुरुङ खन्न बाँकी रहेको देवकोटाले बताए । ‘अहिले दैनिक ६ मिटरका दरले सुरुङ खन्ने काम भइरहेको छ,’ देवकोटाले भने, ‘यही गतिमा काम हुँदा २५ दिनसम्म सुरुङ खनिसक्छौँ ।’ मेलम्चीको दुवैतिरबाट सुरुङ खन्ने काम भइरहेको छ ।खानेपानीमन्त्री विना मगरले मेलम्ची अयोजनाको काम छिटो सक्न निर्देशन दिइसकेकी छिन् । मेलम्ची खानेपानी आयोजनाअन्तर्गत दैनिक १७ करोड लिटर पानी उपत्यका भित्रिन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया