काठमाडौं । कञ्चनपुरमा १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् ।
सोह्र वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा लालझाडी
गाउँपालिका-४ बस्ने २५ वर्षीय दिनेश रानालाई आइतवार साँझ प्रहरीले पक्राउ गरेको हो।
रानाले २०७७ फागुन १४ गते बेलौरी नगरपालिका-२ गोकुलपुरमा ती किशोरीलाई
जबरजस्ती करणी गरेको भन्ने खबर आइतवार प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया