सुजिता हत्या प्रकरण : अंशबण्डाकै कारण देवरले गरेका थिए सुजिताको हत्या

लोकपथ
4.1k
Shares

रामनारायण यादव-महोत्तरी। सुजिताको हत्या उनकै देवर रुपेश ठाकुरले गरेको स्वीकार गरेका छन् । महोत्तरीको लोहारपट्टी नगरपालिका वडा नम्वर ७ भ्रमरपुराकी सुजिता ठाकुरका देवर रुपेशले गत जेठ २० गते सुजिताका बाबु कामेश्वर पाण्डेलाई मोबाईलमा फोन गर्दै भने, “तपाईंको छोरीले घरमा विवाद गरि रहेको छ । तपाईलाई यहाँ अनुपर्‍यो ।”

फोन गरेको केही बेरमै पुनः रुपेशले कामेश्वरलाई फोन गरेर झगडा मिलि सक्यो शान्त भइसकेको अब आउनुपर्दैन सुजिताका बुबाले भने । उनले भने सोहि दिन साँझ पख छोरीको मोवाइलमा फोन गर्दा स्वीच अफ भनि रहेको छ ।

त्यसपछि कामेश्वरले सुजिताको देवर रुपेशकै मोवाइलमा फोन गरे । रुपेसले फोन उठाउनु भएन् । केही छिनपछि उनले आफै कलब्याक गर्दै भने तपाईको छोरी घरबाट भागेको भनी सुजिताको बुबालई उनकै देवरले खबर गरेका छन् ।

सुजिताका बुबा कामेश्वर भोलिपल्ट बिहानै भ्रमरपुरास्थित छोरीको घर पुगे । ‘रुपेशले नै फोन गरेर झगडा शान्त भइसकेको भन्ने र उसैले छोरी भागेको बताएपछि मनमा डर पैदा भयो’ कामेश्वरले भने,। सुजिताको कोठामा हेर्दा सबै धोक रहेको छ । त्यति बेला नै मलाई संका लागयो । उनका बुबाले खोजि कार्य जारी राखयो ।

एक महिना पछि शव फेला : 

महोत्तरीको लोहरपट्टी नगरपालिका वडा नम्वर ७, भ्रमपुराकी २६ वर्षीया सुजिता ठाकुरको हत्या भएको एक महिना पछि शव फेला परेको छ । आइतावार प्रहरीले उनको आफ्नै घडेरीमा निर्माणाधीन शौचालयको ट्याङ्की भित्र गाडिएको आवस्थामा शव फेला पारेको हो ।

सुजिताको हत्या गरी काठ मिलको निर्माणाधिन शौचालयको ट्याङ्की भित्र हालेर माथिबाट ढलान गरेको अवस्थामा शव फेला परेको हो ।

गत जेठ २० गते राति पारिवारिक विवाद भएपछि हत्या गरेको कुरा सुजिताका देवर रूपेश ठाकुरले स्वीकार गरेको प्रहरीले जनाएको छ । प्रदेश २ प्रहरीका डीईजी उमेश रञ्जितकारले अभियुक्तले हत्या गरेको स्वीकार गरे पनि ठोस कारण नखुलेको बताए ।

सुजिता बेपत्ता भएको २३ दिनपछि प्रहरीले घरबाट एक किलोमिटर पर आफ्नै खेतमा गाडिएको अवस्थामा कपालसहित मानव अवशेष बरामद गरेके थिए । तर, शव फेला परेको थिएन् । असार १३ गते प्रहरीले उत्खनन गर्दा केश, रगतले रातो भएको माटो, मलखाद, कपडा र शव गलाउन प्रयोग गरिएको नुनको प्लास्टिक बरामद गरेको थियो ।

अवशेष फेला परे पनि प्रहरीले सुजिताकै हो भन्ने पक्का भएको थिएन । हत्या आरोपमा पक्राउ गरेका सुजिताका श्रीमान र देवरबाट प्रहरीले ठोस आधार फेला पार्न सकेका थिएन । माइती पक्षले असार २० गते ६ जना विरुद्ध किटानी जाहेरी दिएपछि छिमेकीको सहयोगमा प्रहरीले अभियुक्तहरु फेला पारेको हो ।

अंशबण्डा कै कारण सुजिताको हत्या : 

घरमा अंशबण्डा गर्ने विषयमा विवाद चलि रहेको थियो । यही विषयमा सुजितालाई निर्घात कुटिएकी थिइन् । यो घटनाको जिल्ला प्रहरी कार्यालय महोत्तरीमा मिलापत्र भएर टुङ्गिएको थियो । माइती पक्षका अनुसार देवर रुपेश र उनका आमाबाबुले सुजितामाथि कुटपिट गरेका थिए । प्रहरीमा उनीहरुले अबदेखि कुटपिट नगर्ने वाचा गरेका पछि घटना मिला पत्र भयो ।

सुजिताका श्रीमान् मुकेश सुस्त मनस्थितिका छन् । अंशबण्डाको विवाद गत जेठ १९ गते भएको थियो । २० गते घरबाट भागेको उनकै देवर रुपेशले सुजिताको बुबालाई जानकारी गराएका थिए ।

माइती पक्ष हत्याको किटानी जाहेरी लिएर असार ७ गते जिल्ला प्रहरी कार्यालय, महोत्तरी पुग्यो । सुजिताका बुबा कामेश्वर पाण्डेका अनुसार जिल्ला प्रहरी कार्यालयले जाहेरी लिन आनाकानी गरेपछि उनीहरूले महिला सेलमा निवेदन दिए ।

माइती पक्षले सुजिता जानसक्ने सम्भावित सबै ठाउँमा खोजी गरे, केही पत्तो लागेन । कामेश्वरले नेताहरू पनि गुहारे । सुजिता बेपता भएको तेस्रो साता कामेश्वरले स्थानीय सामाजिक अभियानी सरोज राय र गुञ्जा रायसँग भेट गरे । उनीहरुको दबाब पछि प्रहरीले सक्रियतामा असार दोस्रो साता प्रहरीले अनुसन्धान शुरू ग¥यो ।

सुजिताका दुई सन्तान छन्, ९ वर्षकी छोरी आँचल र ६ वर्षका छोरा रौनक रहेका छन् ।

घटनामा संलगन ५ जना पक्राउ, ससुरा अझै फरार : 

असार १३ गते उत्खनन् गरिएको ठाउँमा केश फेला परेपछि प्रहरीले सुजिताका पति मुकेश र देबर रुपेशलाई पक्राउ गरेको थियो । त्यसपछि अरु तीन जनालाई पक्राउ गरेको छ । तर उनीहरुको नाम ठेगाना प्रहरीले गोप्य राखेको छ । सुजिताको ससुरा पतिराम, सासु रामसखीदेवी र देउरानी रोमा फरार छन् ।

यता माइति पक्षले सुजिता हत्याका अभियुक्त ससुरा पतिराम अझै फरार छन् । हत्याको मुख्य योजनाकार उनी हुन भन्ने आरोप माइती पक्षको छ । माइतीले सुजिताको हत्यामा उनका श्रीमान मुकेशको संलगनता नरहेको अनुमान गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?