काठमाडौं । प्रतितिधि सभा विघटनस सम्बन्धी मुद्दामा आज अन्तिम सुनुवाइ हुँदैछ ।
गत जेठ ७ गते मध्यराती मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटनको सिफारिस अनुमोदन गरेकी थिइन् । त्यसको विरुद्ध परेको रिटमा आज सुनुवाइ हुन लागेको हो ।
गत असार २१ गतेसम्म सबै पक्षको बहस सकिएसँगै आजसम्मका लागि मुद्दा हेर्दाहेर्दैमा राखिएको थियो ।
त्यसबारे आज अन्तिम फैसला आउँने बताइएको छ । फैसला आएपछिको अवस्थालाई मध्यनजर गर्दै सर्वोच्च आसपास सुरक्षा सतर्कता अपनाइएको छ ।
त्यसको लागि काठमाडौं उपत्यकाको सुरक्षा निकायलाई हाई अलर्टमा राखिएको हो । मुख्यमुख्य चोकसहित कलेज आसपासका क्षेत्रमा प्रहरी टोली परिचालन गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया