युरो कप २०२०: विजेता तथा पुरस्कार राशी, गोल्डेन बुट र तथ्याङ्क (सूची सहित)

काठमाडौं । युरो कप २०२० को उपाधि इटालीले जितेको छ। गए राती वेम्बली मैदानमा भएको फाइनल खेलमा इटालीले घरेलु टोली इङ्ल्यान्डलाई पेनाल्टी शूटआउटमा पराजित गर्दै ५३ वर्ष पछि युरोपियन महादेशीय उपाधि उचालेको हो।

निर्धारित ९० मिनेट तथा अतिरिक्त समयको १२० मिनेटसम्म पनि खेलमा निर्णायक गोल नआउँदा खेल पेनाल्टी शूटआउटतर्फ धकेलिएको थियो। निर्धारित ९० मिनेटमा इंग्लिश फूल ब्याक लुक श र इटालियन रक्षक लियोनार्डो बोनुचीले गरेका गोलले खेल १-१ को अवस्थामा रहेको थियो।

यस अघि सन् १९७६ को युरो कप फाइनल खेल पेनाल्टी शूटआउटमा गएको थियो। चेकस्लोभाकियाले जर्मनीलाई पराजित गरेको पेनाल्टी शूटआउट नै युरोपियन कपको फाइनलमा भएको एक मात्र पेनाल्टी शूटआउट थियो।

र गए राती सन् २००० र २०१२ को युरो कप उप-विजेता इटालीले युरोपियन फुटबलको इतिहासकै दोस्रो पेनाल्टी शूटआउट मार्फत आफ्नो दोस्रो युरोपियन महादेशीय उपाधि जितेको हो।

अन्ततः एक महिना, ५१ खेल र १४२ गोल पश्चात् युरो कप २०२० समापन भएको छ। यस प्रतियोगिताको समापनसँगै पुरस्कार राशी तथा विजेता, गोल्डेन बुट, कीर्तिमान र तथ्याङ्क यस्तो देखिएको छ।

 

युरो कप २०२० विजेता तथा पुरस्कार राशी

विजेता: इटाली (१० मिलियन युरो)
उप-विजेता: इङ्ल्यान्ड (७ मिलियन युरो)
सेमी फाइनलिस्ट: ५ मिलियन युरो
क्वार्टर फाइनलिस्ट: ३.२५ मिलियन युरो
अन्तिम १६ टोली: २ मिलियन युरो

 

युरो कप २०२० व्यक्तिगत पुरस्कार

Euro 2020 Individual Awards

गोल्डेन बुट विजेता: क्रिस्टियानो रोनाल्डो (५ गोल, ४ खेल)

सिल्भर बुट विजेता: प्याट्रिक शिक (५ गोल, ५ खेल)

ब्रोन्ज बुट विजेता: करिम बेन्जीमा (४ गोल. ४ खेल)

गोल्डेन बल विजेता (प्लेयर अफ दि टुर्नामेन्ट): जियानलुइगी डोनारुम्मा

 

युरो २०२० तथ्याङ्क

Euro 2020 Records and Statistics

सबैभन्दा धेरै गोल गर्ने टोली

इटाली: १३ गोल, ७ खेल
स्पेन: १३ गोल, ६ खेल

सबैभन्दा कम गोल गर्ने टोली

फिनल्यान्ड, टर्की, स्कटल्यान्ड: १ गोल , ३ खेल

सबैभन्दा कम गोल खाएको टोली

इङ्ल्यान्ड: २ गोल, ७ खेल

सबैभन्दा धेरै गोल खाएको टोली

युक्रेन: १० गोल, ५ खेल

 

युरो कप २०२० सर्वाधिक गोलकर्ता

Euro 2020 Top 5 Goal-scorers

क्रिस्टियानो रोनाल्डो: पोर्चुगल (५ गोल, ४ खेल)
प्याट्रिक शिक: चेक गणतन्त्र (५ गोल, ५ खेल)
करिम वेन्जीमा: फ्रान्स (४ गोल, ४ खेल)
एमिल फोर्सवर्ग: स्वीडेन (४ गोल, ४ खेल)
रोमेलु लुकाकु: बेल्जियम (४ गोल, ५ खेल)

 

युरो कप २०२० सर्वाधिक असिस्टकर्ता

Euro 2020 Top 5 Playmakers

स्टेभन जुबेर: स्विट्जरल्यान्ड (४ असिस्ट, ४ खेल)
ड्यानी ओलमो: स्पेन (३ असिस्ट, ५ खेल)
लुक श: इङ्ल्यान्ड (३ असिस्ट, ७ खेल)
पिएरे-एमिल होइवियर्ग: डेनमार्क (३ असिस्ट, ६ खेल)
मेम्फिस डिपाए: नेदरल्यान्ड्स (२असिस्ट, ४ खेल)

 

युरो कप २०२० सर्वोत्कृष्ट गोलरक्षक

Euro 2020 Top 5 Goalkeepers

जोर्डन पिकफोर्ड: इङ्ल्यान्ड (५ क्लिनशीट, ७ खेल)
थिबाउ कोर्टवा: बेल्जियम (३ क्लिनशीट, ५ खेल)
जियानलुइगी डोनारुम्मा: इटाली (३ क्लिनशीट, ७ खेल)
टोमस भाकलिक: चेक गणतन्त्र (२ क्लिनशीट, ५ खेल)
रोबिन ओलसेन: स्वीडेन (२ क्लिनशीट, ४ खेल)

 

युरो कप २०२० आत्मघाती गोल: ११

Euro 2020 Own goals scored: 11

मेरिह डेमिराल (टर्की)
वोजसिएच शेजनी (पोल्यान्ड)
म्याट्स हमल्स (जर्मनी)
रुबेन डियास (पोर्चुगल)
रफाएल गुरेरो (पोर्चुगल)
लुकास हराडेकी (फिनल्यान्ड)
मार्टिन डुब्राभका (स्लोभाकिया)
जुराज कुका (स्लोभाकिया)
पेड्री (स्पेन)
डेनिस जकारिया (स्विट्जरल्यान्ड)
सिमन कायर (डेनमार्क)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?