काठमाडौं । नेकपा(एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालले आईतवार एमाले कार्यदलले गरेको दश बुँदे सहमतीको सम्बन्धमा प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले गरको टिप्पणी प्रति आपत्ति जनाएका छन् ।
थापाले शेरबहादुर देउवाको साथमा एमालेका २३ जना प्रतिनिधि सभा सदस्यहरु घटेर १२३ जना मात्रै भएकाले सर्वोच्च अदालतले परमादेश पनि जारी नगर्ने र प्रतिनिधि सभा पुनः स्थापना पनि हुने अभिव्यक्ति दिएका थिए । थापाको उक्त फेसबुक स्टाटस कार्यदलमा सहमति गर्दा भएको छलफलको मर्म विपरित रहेकाले सो व्याख्या गलत र अस्वीकार्य रहेको वरिष्ठ नेता माधव कुमार नेपालले बताएका छन् ।
उनले अदालतमा विचाराधिन मुद्दालाई प्रभावित पार्ने वा अदालतको मानहानी गर्ने गरी गरिएको वा गरिने व्याख्या मान्य नहुने भन्दै आफ्नो मान्यता र हस्ताक्षर मा दृढ रहेका स्पष्ट पारेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया