सिरहाबाट कटुवा पेस्तोल सहित एक युवा पक्राउ

लोकपथ
221
Shares

सिरहा । सिरहाबाट प्रहरीले कटुवा पेस्तोल सहित एक जनालाई आइतबार पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा जिल्लाको औरही गाउँपलिका वडा नम्वर २ बस्ने सुजित कुमार यादव रहेको सिरहाका प्रहरी प्रवक्त सुवास बुढाथोकीले जानकारी दिए ।

प्रहरीका अनुसार सिरहाको गोलबजार नगरपालिका वडा नम्वर ४ स्थित चेक जाँच गर्ने क्रममा उनको साथबाट कटुवा पेस्तोल र त्यसमा प्रयोग हुने ३ राउण्ट गोली सहित पक्राउ गरिएको उनले बताए ।

घटनाको बारेमा थप अनुसंधान भईरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?