सर्लाहीबाट इटालियन पेस्तोलसहित तीन युवा पक्राउ

लोकपथ
520
Shares

सर्लाही । सर्लाहीबाट प्रहरीले दुई थान इटालियन पेस्तोलसहित तीन जना युवालाई शुक्रवार पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा जिल्लाको ब्रहमपुरी गाउँपालिका वडा नम्वर ४ भित्रुवन नगर बस्ने २३ वर्षीय रमेश मण्डल, सोही ठाउँका २० बर्षीय लाली भनिने नुर आलम मन्सुर र १९ बर्षीय इमरान रानाभाट रहेको सर्लाहीका प्रहरी प्रवक्त माधव प्रसाद बुढाथोकीले जानकारी दिए ।

बीआर ३० एक्स ६०११ नम्बरको मोटरसाइकलमा सबार तीनै जनालाई ब्रहमपुरी गाउँपालिका वडा नम्वर २ बाट नियन्त्रणमा लिइएको प्रवक्ता बुढाथोकीले बताए ।

उनका अनुसार पक्राउ परेकाहरुको साथबाट दुई थान इटालियन पेस्तोल, त्यसमा प्रयोग हुने १७ राउण्ड गोली र दुई थान छुट्टै म्यागेजिन फेला परेको हो ।

जिल्ला अदालतबाट म्याद ७ दिनको म्याद थप गराई घटनाको बारेमा थप अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?