युरो कप: अज्जुरिज की थ्री लायन्स

काठमाडौं । युरोपियन महादेशको सबैभन्दा प्रतिष्ठित फुटबल उपाधि उचाल्नको लागि आज इटाली र इङ्ल्यान्ड प्रतिस्पर्धा गर्दैछन्।

इङ्ल्यान्डको राजधानी लन्डनस्थित वेम्बली मैदानमा आजको फाइनल खेल नेपाली समय अनुसार मध्यरात १२:४५ मा शुरु हुनेछ। युरोपका दुई महारथी र यस प्रतियोगिताका दुई सर्वोत्कृष्ट टोली १६औं युरो कप फाइनल खेलमा आमने सामने हुँदैछन्।

सन् १९६६ को विश्वकप विजेता इङ्ल्यान्डले आफ्नो घरेलु मैदानमा चार पटक विश्वकप विजेता इटालीलाई टक्कर दिँदैछ। आफ्नो पहिलो युरो कप उपाधि उचाल्न प्रयासरत इङ्ल्यान्डलाई सन् १९६८ को युरोपियन कप विजेता इटालीको चुनौती निकै कठिन देखिएको छ।

करिब ६० हजार दर्शक माझ खेलिने आजको फाइनल खेल अगाडि दुवै टोलीले आफ्नो विपक्षीका बारेमा तारिफ गरेका छन्। यस संस्करणको फाइनलसम्मको यात्रामा शानदार र सन्तुलित प्रदर्शनी देखाएका दुई टोली, इङ्ल्यान्ड र इटाली अन्ततः फाइनलमा उपाधिका लागि भिड्दै छन्।

जित, दुवै टोलीलाई अपरिहार्य छ। आजको फाइनल खेलको उत्साह र नतिजाको कौतुहलताले सबैको नजर वेम्वली मैदानमा नै रहेको छ। किनकी युरोकप कपको खिताब, दुवै टोलीको चाहना।

 

इटालीविरुद्ध इङ्ल्यान्ड


नेपाली समय: मध्यरात १२:४५
स्थानः वेम्बली, लन्डन, इङ्ल्यान्ड
रेफ्रीः बोर्न कुइपर्स (नेदरल्यान्ड्स)

 

हेड टू हेड

२५ जुन २०१२ इङ्ल्यान्ड २–४ इटाली
१६ अगस्ट २०१२ इङ्ल्यान्ड २–१ इटाली
१५ जुन २०१४ इङ्ल्यान्ड १–२ इटाली
०१ अप्रिल २०१५ इटाली १–१ इङ्ल्यान्ड
२८ मार्च २०१८ इङ्ल्यान्ड १–१ इटाली

 

युरो कप २०२० मा

इटाली


समूह ए

टर्की: ३-०
स्विट्जरल्यान्ड: ३-०
वेल्स: १-०

अन्तिम १६

अस्ट्रिया: ०-० (अतिरिक्त समय २-१)

क्वार्टर फाइनल

बेल्जियम: २-१

सेमी फाइनल

स्पेन: १-१ (पेनाल्टी ४-२)

 

इङ्ल्यान्ड

 

समूह डी

क्रोएसिया: १-०
स्कटल्यान्ड: ०-०
चेक गणतन्त्र: १-०

अन्तिम १६

जर्मनी: २-०

क्वार्टर फाइनल

युक्रेन: ४-०

सेमी फाइनल

डेनमार्क: १-१ (अतिरिक्त समय १-०)

 

सम्भावित शुरुवाती ११

इङ्ल्यान्ड (फर्मेशन ४–२–३–१)
गोलरक्षकः पिकफर्ड
डिफेन्डरः वाकर, स्टोन्स, मग्वायर, श
डिफेन्सिभ मिडफिल्डरः फिलिप्स, राइस
एट्याकिङ मिडफिल्डर स्टर्लिङ, माउन्ट, साका
स्ट्राइकर केन

प्रशिक्षक: ग्यारेथ साउथगेट

इटाली (फर्मेशन ४–३–३)
गोलरक्षकः जियानलुइगी डोन्नारुम्मा
डिफेन्डरः डि लोरेन्जो, बोनुची, केइलेनी, एमरसन
मिडफिल्डरः बरेल्ला, जोर्जिन्हो, भेराट्टी
एट्याकः किएसा, इम्मोबीले, इन्सिन्या

प्रशिक्षक: रोबर्टो म्यानन्सिनी

 

प्लेयर्स टू वाच

इङ्ल्यान्ड: ह्यारी केन
इटाली: लोरेन्जो इन्सिन्या

 

युरो कप उपाधि

इङ्ल्यान्ड:
इटाली: १ (१९६८)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?