सरकारको बचाउ गर्दै युवा संघ सडकमा 

लोकपथ
0
Shares
काठमाडौं । एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ नेपालले वर्तमान एमालेको नेतृत्वमा रहेको सरकारविरुद्ध गिद्धेदृष्टि लगाउनेलाई मैदानबाट नै जस्ताको त्यस्तै जवाफ दिने चेतावनी दिएको छ ।
युवा संघ केन्द्रीय कमिटीको आयोजनामा आज काठमाडौैंको नयाँ बानेश्वमा आयोजना गरिएको वृहत सडक प्रदर्शन पछिको कोणसभामा बोल्दै संघका अध्यक्ष किरण पौडेलले सरकारलाई चौतर्फिरुपमा घेरावन्दी गर्दै विपप्ती गठबन्धनले राष्ट्रघाती तथा जनघाती गतिविधिहरु गरिरहेको उल्लेख गर्दैै त्यस प्रकारका गतिविधिलाई ध्वस्त बनाउने चेतावनी दिए ।
नेपालको इतिहास तीन पटक मात्र नेपालको नक्सा परिवर्तन भएको उल्लेख गर्दै अध्यक्ष पौडेलले पृथ्वी नारायण, जंगबहादुर पछि वर्तमान केपी शर्मा ओलीले चुच्चे नक्सा जारी गरी नेपालको इतिहासमा ऐतिहासिक कार्य गरेको दाबी गरे । विपक्षी गठबन्धनले चुच्चे नक्सा जारी गरेकै कारण सरकारलाई चौतर्फी घेरावन्दी गरेको उल्लेख गर्दै नेपालको भूमि रक्षाको निम्ती युवा संघले जस्तोसुकै परिस्थितीको सामाना गरी अगाडी बढ्ने उद्घोष गरे ।
विपक्षी गठबन्धन विदेशीको एजेन्ट भएको प्रति संकेत गर्दै उनले भने, ‘नेपालको राष्ट्र, राष्ट्रियता, राष्ट्रिय स्वाधीनतालाई साम्राज्यवादी तथा पुँजीवादीहरुको गठबन्धन सक्रिय बनेको छ । मुलुकको रक्षाको निम्ती दुई थोपा रगत रहुन्जेल संघले लडिरहने छ । कसैले हल्लाउन सक्नेवाला छैन । नेपालको राष्ट्रियता माथि गिद्धेदृष्टि लगाउनेलाई सडकबाट नै जस्ताको त्यस्तै जवाफा दिनेछौं ।’
नेपाली युवाहरुको रगतमा होली खेल्ने कुचेष्ठा नगर्न कांग्रेस, माओवादी, जनता समाजवादी पार्टी (जसपा) उपेन्द्र यादव पक्ष, जनमोर्चालगायतलाई चेतावनी दिँदै उनले विपक्षीहरु मौदानमा आए जस्ताको त्यस्तै संघले जवाफ दिने चेतावनी दिए । संघसँग भिड्न आएमा प्रतिवादमा उत्रन निर्देशन दिँदै अध्यक्ष पौडेलले सडकमा भिड्न आउनेको जिव्रो थुत्न संघका कार्यकर्ता तयार रहेको उद्घोष गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?