दिनभर देश दुनियाँमा के-के भए ? हेर्नुहोस् आजका टप १५ हेडलाइन्स् (भिडियोसहित)

लोकपथ
133
Shares

१. नेकपा एमालेको आन्तरिक बिवाद समाधान उन्मुख,कार्यदल बैठकमा नेताहरुबीच पार्टी एकतामा जोड ।

२. कोरोना बिरुद्दको खोपका लागि अव कोहीपनि तड्पिनु नपर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको दाबी,सन् २०२१ को अन्त्यसम्म सबै नेपालीलाई खोप लगाइने

३. नेकपा माओवादी केन्द्र वैधानिक रहेको निर्वाचन आयोगको ठहर,अवैधानिक भनेर पूर्व माओवादी नेताहरुले निवेदन दिएकोमा कारवाही गरिरहनु नपर्ने निर्णय ।

४.सरकारले नेपाल वायूसेवा निगमलाई निजीकरण गर्न खोजेकोप्रति पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराइको आपत्ति,निजीकरणका नाममा सरकारुले आसेपासेलाई पोस्न खाजेको आरोप ।

५. कर्णाली प्रदेश सभा बैठक आज पनि अवरुद्ध,फ्लोर क्रस गरेर मन्त्री बनेका नेताहरु पार्टीमा नआएका भन्दै एमालेको अवरोध ।

६. राष्ट्रिय सभा बैठकमा सांसदद्वारा देशको समसामयिक विषयमा सरकारको ध्यानाकर्षण,प्रतिनिधि सभा नभएको बेला राष्ट्रिय सभामा बजेट प्रस्तुत र पारित गर्ने व्यवस्था गर्न एमाले उपाध्यक्ष बामदेव गौतमको सुझाव ।

७. सत्तारुढ दल नेकपा एमालेका कार्यकर्ताद्वारा विपक्षी गठबन्धन बिरुद्ध आज काठमाडौमा प्रदर्शन, बिपक्षीमाथि एमाले सरकार बिरुद्धद्द घेराबन्दी गर्न खोजिएको आरोप ।

८.बिपक्षी गठबनधनमा रहेका विद्यार्थी संगठनद्वारा इन्धनमा गरिएको मूल्य बृद्धिको बिरोध, भोलिदेखि महंगी बिरुद्द चरणवद्ध आन्दोलन गर्र्नेे ।

९. अहिलेसम्म कांग्रेसको क्रियाशील सदस्यता साँढे ८ लाख नाघ्यो, सदस्यता लिनेमा युवाको संख्या उल्लेख्य ।

१०.नेपालमा आइतबार कोरोनाका १८ सय ३१ जना नयाँ संक्रमित थपिए,पछिल्लो २४ घण्टामा २० जनाको मृत्यु ।

११.नेपाल वायूसेवा निगमलाई निजीकरण गर्न नखोजिएको पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको दाबी, निगमका बारेमा भ्रम फैलाइएको भनाई ।

१२. निरन्तर ओरालो लागेको नेपाली सेयर बजारमा आइतबार भने सुधार,नेप्से परिसूचक ७५ अंकले बढ्यो, ८ अर्व ६ करोडको सेयर कारोबार ।

१३.अमेरिकाको क्यालिफोर्निया र नेभाडामा तापक्रम अत्यधिक बृद्धि,जनजीवन प्रभावित,उच्च गर्मीसँगै विभिन्न स्थानमा डढेलो ।

१४. गत चैत महिनामा सम्पन्न थ्री नेसन्स कप फुटबलका विजेता खेलाडीलाई सरकारले पुरस्कृत गर्यो,प्रधानमन्त्री ओलीबाट खेलाडी र प्रशिक्षकलाई जनही ४ लाख नगद सहित सम्मान ।

१५. युरोकप फुटबलको फाइनामा आज राती इग्ल्याण्ड र इटाली भिड्दै, दुबै टिम एक अर्कालाई हराएर उपाधि जित्ने होडमा ।

https://www.facebook.com/lokpath/videos/203595511686512

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?