सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री कार्यालय अघि झडप

लोकपथ
161
Shares

धनगढी । सुदूरपश्चिमको मुख्यमन्त्री कार्यालय अगाडि झडप भएको छ ।

मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय अगाडि बादी समुदायका नागरिकबीच झडप भएको हो । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक प्रतिक विष्टले ज्ञापनपत्र बुझाउन आएका बादी समुदायका नागरिकबीच एकआपसमा झडप भएको बताए ।

प्रदेश सरकार आगामी आर्थिक वर्षको लागि भन्दै बादी समुदायको नागरिकहरूको लागि ३ करोड रकम विनियोजन गरेको छ । आइतबार बादी उत्थान समितिकी अध्यक्ष रमा बादी लगायतको टोलीले मुख्यमन्त्री त्रिलोचन भट्टलाई भेटेर ज्ञापन पत्र बुझाएका थिए ।

मा बादी नेतृत्वको समूहले बादी समुदायको नागरिकको नाममा यस अघि पनि बिभिन्न कार्यक्रम गर्दै आर्थिक हिनामिना गरेको भन्दै मिठु बादी नेतृत्वको बादी समुदायले विरोध गरेपछि मुख्यमन्त्री कार्यालय अघि हात हालाहालको अवस्था सृजना भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?