काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठक स्थगित भएको छ ।
आज अपरान्ह ४ बजेका लागि बोलाइएको बैठक साढे ६ बजेसम्म बस्न सकेको थिएन ।
भोलि बस्नेगरी बैठक स्थगित गरिएको एमाले पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले लोकपथलाई जानकारी दिए ।
एमाले विवाद समाधानका लागि गठित कार्यदलको बैठक दिउँसोबाट बसिरहेको छ । तर कुनै ठोस निर्णय हुन नसकेको कारण आज बैठक बस्न नसकेको स्रोतको दाबी रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया