संस्थापन इतरका नेताहरुको बैठक जारी, गगन थापासहितका नेताहरु पनि सहभागी

लोकपथ
469
Shares

काठमााडौं । नेपाली कांग्रेसको संस्थापन इतरका नेताहरुको बैठक दोस्रो दिन पनि बसेको छ ।

नेपाली कांग्रेसका पूर्व सहमहामन्त्री अर्जुनरसिंह केसीको संयोजनमा काठमाडौंको बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्डमा संस्थापन इतरका नेताहरु रहेका छन् ।

यसअघि शुक्रवार बसेको बैठकले संस्थापन इतरबाट संयुक्त रुपमा उम्मेद्वार खडा गर्ने विषयमा छलफल भएको थियो ।

करिब दुई घण्टादेखि जारी बैठकमा साझा उम्मेद्वारका विषयमा छलफल भइरहेको एक नेताले जानकारी दिए ।

आज शुक्रवार उपस्थित भएकासँगै कांग्रेस केन्द्रीय सदस्यहरु गगनकुमार थापा, प्रदिप पौडेल, जीवन परियार, गुरुराज घिमिरे लगायतका नेताहरुको समेत उपस्थिती रहेको छ । यसअघि वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला, नेताहरु कृष्ण सिटौला, प्रकाशमान सिंह, शेखर कोइराला, बलबहादुर केसी, सुजाता कोइराला लगायतको उपस्थिती रहेको थियो ।

शुक्रवारको बैठकमा संस्थापन इतरबाट साझा उम्मेद्वार बनाएर जाने भन्ने विषयमा छलफल शुरु भएको थियो । भने आजबाट त्यसमा थप छलफल गरेर अघि बढ्ने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?