अपाङ्ग मानव अधिकार मञ्चद्वारा त्रिशुली अस्पताललाई आइसीयू लगायत स्वास्थ्य सामाग्री हस्तान्तरण

लोकपथ
203
Shares

विदुर । अपाङ्ग मानव अधिकार मञ्च नुवाकोटले जिल्लाको त्रिशुली अस्पताललाई आईसीयू बेडसहित स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ ।

मञ्चले जर्सी ओभरसिज ऐड र ह्याण्डिक्याप इन्टरनेशनलको साझेदारीमा संचालित कोभिड–१९ आपतकालिन सहायता प्रतिकार्य कार्यक्रम अन्तर्गत त्रिशुली अस्पताललाई अपाङ्गता भएका बिरामीहरुको लागि एक थान आई सि यु बेड लगायत स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ ।

आज एक कार्यक्रमकाबीच अस्पताललाई ६ लाख ४५ हजार बराबरको सामाग्री हस्तान्तरण गरिएको कार्यक्रम अधिकृत गोकर्ण पुडासैनीले जानकारी दिए ।

मञ्चले उक्त परियोजना अन्तर्गतबाट त्रिशुली अस्पतालमा कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि अपाङ्गता भएका बिरामी हरुले प्राथमिकता पाउने गरि Electric ICU Bed एक थान, BIPAP एक थान, Pantient Monitor एक थान, Siring Pump एक थान , Bedside Cabinet एक थान, Surgical Mask 1000 Pcs,Gloves (Nitrile)1000 Pcs,Faceshild 100 Pcs, Pulse Oximeter 5 Pcs र PPE 68 थान हस्तान्तरण गरिएको कार्यक्रमका कार्यक्रम अधिकृत पुडासैनी ले बताए ।

यस परियोजना अन्तर्तबाट त्रिशुली अस्पतालमा कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि अपाङ्गता भएका बिरामी हरुले प्राथमिकता पाउने विभिन्न सामाग्रीहरु प्रदान गरेको हो ।

यसैगरी उक्त कार्यक्रममा परियोजनाका फिल्ड संयोजक रामशरण थापाले सन २०१८ देखि त्रिशुली अस्पतालमा फिजियोथेरापी सेवा दिई समन्वय गरि Outreach Camp,मग्ड्रिल लगायत अन्य स्वास्थ्यसँग सम्बन्धित कार्यक्रम सञ्चालन गर्दै बताएका छन् ।

त्यसैगरी संस्थाका सचिव लोचन भट्टराईले अस्पतालमा आउने सम्पुर्ण सेवाग्राहीको लागि अपाङ्गता मैत्री स्वाचलित ICU Bed लगायत अन्य स्वास्थ्य सामाग्रीले अपाङ्गता भएका बिरामी र स्वास्थ्यकर्मिको लागि थप सहयोग पुग्ने र आगामी दिनमा यस संस्थाले साझेदार निकाय स्थानिय सरकार र अस्पताल सग समन्वय गरि कार्यक्रम गर्ने जानकारी दिए ।

यसैक्रममा उक्त सामाग्रीहरु बुझ्दै त्रिशुली अस्पतालका मे.सु. डा. दिपेन्द्र पाण्डेले कोरोना कालमा त्रिशुली अस्पतालको स्तरोन्नतिका लागि सहकार्य गरी अस्पतालको आवश्यकता अनुसार कार्य गरी सेवाग्राही र कर्मचारीहरुको मनोबल उच्च राख्न सहयोग पुर्याएकोमा र अस्पताल मा आउने अपाङ्गता भएका बिरामी को लागि एक थान आईसीयू बेड लगायत अन्य स्वास्थ्य सामग्री हस्तान्तरण गरेकोमा धन्यवाद व्यक्त गरेका छन् ।

त्यस्तै अस्पताल विकास समितिका अध्यक्ष अर्जुन न्यौपानेले विषम परिस्थितीमा पनि अस्पतालसँग सहकार्य गरि अस्पतालको सेवा र गुणस्तर माथि उकास्न यो सस्था को सहयोगको उच्च मूल्यांकन गर्दै आगामी दिनमा पनि यस्तै सहयोगको अपेक्षा गरेको बताए ।

हस्तान्तरण कार्यक्रमका सभापतित्व गरेका संस्थाका उपाध्यक्ष राजकुमार गजुरेलले यो बिसंम परिस्थिति मा जिल्लाकै उत्कृष्ट अस्पताल सग समन्वय गरि कोरना नियन्त्रण को लागि सहकार्य गर्न पाएको र आगामी दिनमा पनि यस्तै कार्य र सहकार्य गर्दै जाने कुराको जानकारी दिए ।

सन २०२० डिसेम्बर देखि सन्चालन भएको कोभिड प्रतिकार्य सहायता कार्यक्रमले अस्पतालमा बृहत क्षति योजना अपडेट, स्वचालित खानेपानी धारा निर्माण, आइ इ सि कर्नर निर्माण, डिजिटल बोर्ड स्थापना, स्वास्थ्यकर्मि लाई प्रेषण बीमा सुविधा , पिपिइ लगायत अन्य सुरक्षात्मक सामग्री हस्तान्तरण गरिएको थियो ।

साथै २०२१ जुलाई ३० मा यो परियोजना अन्तर्गत कोभिड प्रतिकार्य कार्यक्रम समापन हुने कुरा बताइएको थियो ।

अहिलेसम्म संस्थाले कोरोना तथा नियन्त्रणको लागि अस्पताललाई १२ लाख भन्दा माथि को सामाग्री सहयोग गरि सकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?