कांग्रेस महाधिवेशन : आज पनि संस्थापन इतरका नेताहरुको बैठक बस्दै

लोकपथ
98
Shares

काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतरको भेलाले आज पनि निरन्तरता पाउने भएको छ ।

नेपाली कांग्रेसका पूर्व सहमहामन्त्री अर्नुननरसिंह केसीको संयोजनमा आज पनि संस्थापन इतरको भेलाले निरन्तरता पाउन लागेको हो ।

संस्थापन इतरबाट आगामी महाधिवेशन कसरी अघि बढ्ने भन्दै नेता केसीको संयोजनमा शुक्रवारपनि बैठक बसेको थियो ।
यसैगरी आज दिउँसो ३ बजे काठमाडौंको बत्तीसपुतलीस्थित अनुपन फुडल्याण्डमा बैठक बस्न लागेको हो ।

आजको बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला, नेताहरु कृष्णप्रसाद सिटौला, डा. रामशरण महत, शेखर कोइराला , सुजाता कोइराला, डा. शेखर कोइराला र बलबहादुर केसी लगायतसहित गगन थापा, प्रदिप पौडेल, जीवन परियार लागायतका नेताहरु समेत उपस्थिती रहने बताइएको छ ।

यसअघि शुक्रवार बसेको बैठकमा संस्थापन इतरबाट साझा उम्मेदवार बनाउने विषयमा छलफल प्रारम्भ गरेको थियो । भने आजबाट त्यसमा छलफल गरिने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?