एक महिनादेखि बेपत्ता सुजिताको शव सेफ्टी ट्याकीमा भेटियो

लोकपथ
10.1k
Shares

रामनारायाण यादव-महोत्तरी। एक महिनादेखि बेपत्ता युवतिको शव शौचालयको सेफ्टी ट्याकी भित्र फेला परेको छ । महोत्तरीको लोहरपट्टी नगरपालिका वडा नम्वर ७ भ्रमरपुराकी २६ वर्षीया सुजिता ठाकुर जेठ २० गते देखि बेपत्ता थिईन् ।

उनको शव आइतवार बिहान आफ्नै घर नजिकैको पेट्रोल पम्पको छेउमा रहेको शौचालयको सेफ्टी ट्याकीमा सुजिताको शव फेला परेको महोत्तरीका प्रहरी प्रवत्तक्रा प्रकाश विष्टले जानकारी दिए । व्यापक खोजतलास पश्चात महोत्तरी प्रहरीले उनको शव फेला पारेको हो ।

यस अघि नै शवको अवशेष कपाल कपडा फेला परेकै दिन सुजिताको हत्या आरोपमा देवर रूपेश ठाकुर र श्रीमान मुकेश ठाकुरलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान गरेको थियो ।

एक साता अघि माइती पक्षले जिल्ला प्रहरी कार्यालय महोत्तरीमा पति, देवर, सासुसुरा देवरानी लगायत ६ जनाविरुद्ध किटानी जाहेरी समेत दर्ता गराएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?