१३ असार २०७९, सोमवार

चार सय मुरी खेतीयोग्य जमिन बगरमा परिणत

२०७४,आश्विन,२२,आईतवार ०५:५६

0
Shares

गुल्मी, २२ असोज ।बडिगाड नदीले वर्षेनी खेतीयोग्य जमिन कटान गर्दै जाँदा अधिकांश खेतीयोग्य जमिन बगरमा परिणत भएको छ ।विगत २० वर्षदेखि निरन्तररूपमा गुल्मी दरबार गाउँपालिका–१ माझी बस्ती नजिकै रहेको डिल्लीओडार फाँटको खेतीयोग्य जमिन नदीले कटान गर्दै आएकाले अधिकांश फाँट बगरमा परिणत भएका हुन् ।अधिकांश सीमान्तकृत माझी समुदायको खेत संरक्षण नहुँदा वर्षेनी बडिगाड नदीले कटान गर्दै आएकाले बाँकी रहेको भाग पनि बगरमा परिणत हुने होकि भन्ने चिन्ताले माझी समुदाय चिन्तित भएका छन् ।डिल्लीओडार फाँटमा पहिला झण्डै ५०० मुरी धान उत्पादन हुन्थ्यो तर वर्षेनी नदीले एकतर्फी खेत कटान गर्दै जाँदा अब भने करिब १५० मुरी धान उत्पादन हुने खेत मात्र बाँकी रहेको स्थानीय समाजसेवी होमबहादुर माझीले बताए ।समाजसेवी मेहरसिंह माझीले अधिकांश खेतीयोग्य जमिन नदीले कटान पनि बाँकी रहेको खेत संरक्षणका लागि समयमै तटबन्ध बनाइदिन आग्रह गरे । 

प्रकाशित मिति: २०७४,आश्विन,२२,आईतवार ०५:५६

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

पोखरा । कोरोनाका कारण २ वर्ष स्थगित भएको असारे महोत्सव यो वर्ष पुनः सञ्चालन हुने भएको छ । पोखरा पर्यटन परिषद्को

बारा । बाराको जीतपुरसिमरा उपमहानगरपालिकाको छैठौं नगर सभा पुनः सुरु नै नभई स्थगित भएको छ । बकुलिया क्याम्पसको सभाहलमा सोमबार

कैलाली । डडेलधुराकाे आलिताल गाउँपालिकामा कार्यरत कम्प्युटर अपरेटर लोकेन्द्रसिंह भण्डारी कार्यालय जाने क्रममा आज बिहान लुटिएका छन् । लोकेन्द्रसिंह भण्डारीका

लमजुङ । लमजुङमा गोठमा आगलागी हुँदा १२ वटा पशु चौपाय निसास्सीएर मरेका छन् । सोमबार बिहान बेँसीशहर नगरपालिका वडा-३ दनाई

ताजा समाचार

स्कारपियो ठक्करबाट एक जनाको मृत्यु
 २०७९,असार,१३,सोमवार १७:११