रामनारायण यादव-सप्तरी। सप्तरीमा उपभोक्त समिति र स्थानीय बासीबीच विवाद उत्पन भएको छ । जिल्लाको महादेवा गाउँपालिका वडा नम्बर १ पकरीमा दुई पक्षबीच विवाद उत्पन भएपछि सडकमा ग्राभेल गर्ने काम रोकिएको छ ।
गाउँपालिकाको बजेटले हिलाम्य भएको माटोमा ग्राभेल नहाली नहरको डिलमा हाल्न खोजेपछि स्थानीयहरुले रोक्न खोजेदाँ विवाद उत्पन भएको हो । स्थानीय बासी र उपभोक्ता समितिका पदाधिकारीबीच विवाद उत्पन भएपछि काम नै रोकाइएको गाउँपालिका अध्यक्ष दिपक कुमार यादवले जानकारी दिए ।

उपभोक्ता समितिले कोशी पश्चिम नहरको डिलमा ग्राभेल हालन खोज्दा स्थानीयले गाउँमा हाल्नुपर्ने बताउँदै काम रोक्न पुगेका थिए । स्थानीयले काम रोक्न जाँदा उपभोक्ता समितिका पदाधिकारीबीच सामान्य हात हालाहालको स्थिति भएलगत्तै पुगेको प्रहरी टोलीले घटना साम्य बनाएको सप्तरी प्रहरीका प्रवक्ता माधव प्रसाद काफ्लेले जानकारी दिए ।
उपभोक्ता समितिका पदाधिकारी र स्थानीयबीच सहमति नभएसम्म काम रोकिएको उनले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया