काठमाडौं । नेपाली कांग्रेसको क्रियाशील सदस्यता वितरणमा लापरवाही भएको भन्दै बाराका नेता कार्यकर्ताहरुले केन्द्रीय कार्यालय सानेपामा धर्ना दिएका छन् ।
पार्टीको विधान र नियमावली विपरित सदस्यता बाँडिएको भन्दै वीपी स्मृती भवन ललितपुरमा धर्ना शुरु गरेका हुन् ।
धर्ना बस्नेमा पार्टीका सामान्य कार्यकर्तादेखि पूर्वसभासद र भातृ संस्थाका नेताहरु समेत रहेका छन् ।
बारामा आगामी १४ औँ महाधिवेशनको शुरुवात भएदेखिनै विवाद उत्पन्न भएको र विभिन्न ६ बुँदे माग राखेर धर्ना दिइएको नेविसंघका पूर्व सहमहामन्त्री राजेश रौनियारले लोकपथलाई जानकारी दिए ।
उनले भने- “बारामा जिल्लामा नेपाली कांग्रेसको १४ औँ महाधिवेशनको शुरुवात भएदेखि क्रियाशील सदस्यताबारे क्षेत्र नं २ का क्षेत्रीय सभापति रामप्रवेश यादवले १३ वटा सभापतिहरुलाई क्रियाशील सदस्यता फारम नै नदिइकनै, वडा कार्य समितिको निर्णय नगराइकन, किर्ते र जाली काम गरेर सिधै केन्द्रको सर्भरमा क्रियाशील सदस्यता इन्ट्री गराइएको छ ।”

त्यस्तै क्रियाशील सदस्यताको उक्त समस्या बारा क्षेत्र नं ४ मा पनि रहेको रौनियारले जानकारी दिए ।
“बारा जिल्लामा पूर्व सभासद लालबाबु सिंह, निजगढका मेयर सुरेश खनाल, पूर्व जिविस सभापति राजेन्द्र यादव लगायत नेताहरुको समेत क्रियाशील सदस्यता रिन्यू गर्न वडाले भरिदिएपनि जिल्ला सभापतिले त्यसलाई फ्याँदिएका छन् । बारामा अझै साढे ३ सय जति सदस्यता नविकरणको लागि बाँकी रहेको छ ।” रौनियारले भने ।
हालसम्म नविकरण नभएकाहरुको नविकरण गर्नुपर्ने र विधि विधान मिचेर भरिएका क्रियाशील सदस्यताहरु समेत खारेज गर्न समेत माग गरेको बताए । वडा समितिले नदिइकन स्वीकृती नहुने बताउँदै उनले विधि विधान अनुसार क्रियाशील सदस्यता वितरणको मागसहित धर्ना दिएको जानकारी दिए ।

पार्टी कार्यालयमा नेविसंघका पूर्व सहहामन्त्री रौनियारसहित पूर्व सभासद लालबाबुसिंह यादव, राममोही यादव, कांग्रेस जिल्ला सचिव मनोज भट्ट, निजगढ नगरपालिकाका मेयर सुरेस खनाल, प्रदेश सभा सदस्यका उम्मेद्वार विजय गुप्ता लगायत रहेका छन् ।
त्यसबारे जानकारी दिँदै पूर्व सांसद लालबाबु सिंहले कुनै विधान, नियमावली र कुनै विधि नपुर्याइकन क्रियाशील सदस्यता वितरण गरिएको जानकारी दिए ।
“कांग्रेसको आगामी १४ औँ महाविधेशनका लागि कुनै विधि विधान, नियमावली नपुर्याइकन क्रियाशील सदस्यता वितरण गरिएको छ । जुन गैरजिम्मेवारीपूर्ण रहेको त्यसको खारेजीको मागसहित हामी आजबाट धर्ना दिन लागेका हौँ ।” उनले भने ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया