मकवानपुरमा ५५ वर्षीया महिलामाथि बलात्कार

लोकपथ
518
Shares

काठमाडौं । मकवानपुरमा ५५ वर्षीया महिलालाई जबरजस्ती करणी गर्ने एक जना पक्राउ परेका छन् ।

५५ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा हेटौंडा उपमहानगरपालिका-९ लाम्सुरेडाँडा बस्ने २४ वर्षीय भरत थापा मगरलाई शनिवार साँझ प्रहरीले पक्राउ गरेको छ ।

मगरले ती महिलालाई जबरजस्ती करणी गरी फरार रहेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय पशुपतिनगरबाट खटिएको प्रहरीले मगरलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?