काठमाडौं । नुवाकोटमा तास खेलिरहेको अवस्थामा ६ जना जुवाडे पक्राउ परेका छन् ।
बिदुर नगरपालिका-८ राईसिंह बस्ने दुर्गा अधिकारीको घरमा तास खेलिरहेको अवस्थामा सोही नगरपालिका-१३ बस्ने ३८ वर्षीय दिनेश खड्का लगायत ६ जनालाई शनिवार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले उनीहरुलाई नगद १ लाख २९ हजार ७ सय ६५ रुपैयाँ सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया