काठमाडौं । सिन्धुलीमा प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोज्ने एक जना पक्राउ परेका छन् ।
गोलन्जोर गाउँपालिका-७ खुर्कोट बजारमा ड्युटीमा खटिएको प्रहरीलाई नगद २ सय रुपैयाँ दिई आर्थिक प्रलोभनमा पार्न खोजेको अभियोगमा महोत्तरी बर्दिबास नगरपालिका-१ बस्ने २२ वर्षीय कुजर अलीलाई शनिवार राति प्रहरीले पक्राउ गरेको हो ।
काठमाडौंबाट बर्दिबासतर्फ जाँदै गरेको बा १२ च १६८२ नम्बरको गाडी प्रहरी चेक पोइन्टमा ईन्ट्री गर्न आउँदा भेटनरी कागजको भित्र उक्त नगद दिई प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोजे पश्चात उनलाई प्रहरीले पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताउको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया