आज आरबिबी म्युचुअलमा लगानी गर्ने अन्तिम दिन, कतिले दिए आवेदन?

लोकपथ
126
Shares

काठमाडौं । आजदेखि राष्ट्रिय वाणिज्य बैंकले आरबिबी म्युचुअल फण्ड – १ को बिक्री बन्द गर्ने भएको छ । असार २३ गते देखि अङ्कित मूल्य १० रुपैयाँका दरले १० करोड रुपैयाँ इकाइ शेयर जारी गरिएकोमा मागे भन्दा पनि बढि आवेदन परेकाले सूचना अनुसार आज आवेदन बन्द गर्न लागिएको बैंकले जनाएको हो ।

कम्पनीले एक करोड ५० लाख रुपैयाँ इकाइ वा कूल बिक्री भएको इकाइको संख्यामा १३ प्रतिशत राष्ट्रिय वाणिज्य बैंकलाई र दुई प्रतिशत आरबिबी मर्चेन्ट बैंकिङलाई छुट्याइएको छ । बाँकी रहेको आठ करोड ५० लाख रुपैयाँ इकाइ सर्वसाधारणलाई बिक्री खुल्ला गरिएको थियो ।

यो योजना कोष प्रवद्र्घक राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र योजना व्यवस्थापक तथा डिपोजिटरी आरबिबी मर्चेन्ट बैकिङ लिमिटेड हुने गरी ‘आरबिबी म्युचुअल फण्ड’ अन्तर्गत सञ्चालन हुने बन्दमुखी योजना हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?