विदेशी मुद्रा साट्दै हुनुहुन्छ ? हेर्नुहोस् आजको मूल्य (सूचीसहित)

लोकपथ
266
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार आज एक अमेरिकी डलरको खरिददर ११९ रुपैयाँ १३ पैसा र बिक्रीदर ११९ रुपैयाँ ७३ पैसा कायम भएको छ ।

यरोपियन युरोको खरिददर १४१ रुपैयाँ २५ पैसा र बिक्रि दर १४१ रुपैयाँ ९६ पैसा कायम भएको छ ।

त्यसैगरी,अष्ट्रेलियन डलरको खरिददर ८८ रुपैयाँ ८८ पैसा र बिक्रिदर ८९ रुपैयाँ ३२ पैसा रहेको छ भने युके पाउन्ड स्टर्लिङको खरिददर १६४ रुपैयाँ ३९ पैसा र बिक्रिदर १६५ रुपैयाँ २२ पैसा कामय भएको छ ।

साउदी अरवीयन रियल एकको खरिददर ३१ रुपैयाँ ५९ पैसा र बिक्रीदर ३१ रुपैयाँ ७५ पैसा कायम भइ कारोबार भइरहेको छ ।

त्यस्तै कतारी रियलको खरिददर ३१ रुपैयाँ ७६ पैसा, बिक्रीदर ३१ रुपैयाँ ९२ पैसा, यूएई दिराम एकको खरिददर ३२ रुपैयाँ ४३ पैसा र बिक्रीदर ३२ रुपैयाँ ६०पैसा कायम भइ कारोबार भइरहेको राष्ट्र बैंकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?