सत्तरी फरार अभियुक्त पक्राउ

सुरुङ्गा, झापा, २२ असोज ।जिल्ला प्रहरी कार्यालयले ७० फरार अभियुक्तलाई पक्राउ गरेको छ ।झापा जिल्ला अदालतले विभिन्न अपराधमा संलग्न भएको पुष्ठी गर्दै कैद तथा जरिवाना सुनाएसँगै फरार भएका अभियुक्तलाई प्रहरीले दुई महिनाको अवधिमा जिल्लाको विभिन्न स्थानबाट पक्राउ गरेकोे प्रहरी उपरीक्षक विष्णुकुमार केसीले बताए ।चाडपर्वको मौका छोपी घर आएको समयमा १० फरार अभियुक्तलाई एकै दिन पक्राउ गर्न प्रहरी सफल उनको भनाइ छ ।अदालतको फैसला पछि फरार सूचीमा रहेका थप अभियुक्तको खोजीका लागि जिल्लाका प्रत्येक इलाका, चौकी र वडाका इञ्चार्जलाई निर्देशन दिएइको प्रहरी उपरीक्षक केसीले बताए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?