नेपाल लाईफ इन्स्योरेन्सको शेयर मूल्य समायोजन

काठमाडौं, १४ चैत । नेपाल लाईफ इन्स्योरेन्सको शेयरमूल्य समायोजन भएको छ ।बुधबार नेप्सेले ४२ प्रतिशत बोनसपछि शेयरमूल्य समायोजन गरेको हो । समायोजित मूल्य अनुसार नेपाल लाइफको प्रतिकित्ता शेयरमूल्य प्रतिकित्ता एक हजार ११६ रुपैयाँ कायम गरेको छ ।नेप्सेका अनुसार नेपाल लाइफको औसत सेयरमूल्य १६९९ रुपैयाँ छ ।नेपाल लाइफले आफ्ना सेयरधनीलाई गत वर्षको मुनाफाबाट ४२ प्रतिशत बोनस तथा २८.५३ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको थियो । लाभांश पारित गर्न कम्पनीले चैत्र २८ गते १८औँ वार्षिक साधारणसभा को आह्वान गरेको छ ।हाल कम्पनीको चुक्ता पूँजी तीन अर्ब ९ करोड रुपैयाँ छ । बोनसपछि कम्पनीको पूँजी चार अर्ब ३९ करोड नाघ्नेछ ।साधारणसभा प्रयोजनका लागि चैत्र १४ गतेदेखि कम्पनीको शेयरधनी दर्ता पुस्तिका बन्द रहने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?