तेस्रो लहरको कोरोना सामना गर्न पूर्वतयारीमा जुट्न मन्त्री श्रेष्ठको निर्देशन

लोकपथ
154
Shares

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री कृष्णगोपाल श्रेष्ठले तेस्रो लहरको कोरोना संक्रमणको सामना गर्न पुर्वतयारीमा जुट्न निर्देशन दिएका छन् ।

शनिवार मन्त्री श्रेष्ठले वीर अस्पताल परिसरमा रहेको कोभिड युनिफाइड केन्द्रीय अस्पतालको अवलोकन गर्दै तेस्रो लहरको कोरोना संक्रमणको सामना गर्न पूर्वतयारीमा रहन निर्देशन दिएका हुन् ।

मन्त्री श्रेष्ठलाई स्वाथ्य सचिव लक्ष्मण अर्याल र अस्पतालका निर्देशक डा जागेश्वर गौतम सहित चिकित्सक टोलीले अस्पतालको पछिल्लो अवस्थाबारे जानकारी गराएका थिए ।

अस्पतालले हाल अस्पतालले सय वेडको आइसियु सञ्चालन गरिरहेको छ । बाकी सय वेड आइसियु सहितको वेड तयारी अवस्थामा रहेको अस्पतालको निर्देशक डा. गौतमले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?