अन्तर्वार्ता लिनेमा विश्व कीर्तिमान् कायम गर्ने क्षमता भएको पत्रकार हुँः ऋषि धमला (भिडियो सहित)

लोकपथ
1.9k
Shares

युवा पत्रकार ऋषि धमलाको सञ्चार कर्म बिहान झिसमिसे देखि आधा रातसम्म जारी रहन्छ । राजनीति विट त्यसमा पनि अन्तरवार्ता लिने कार्यमा सक्रिय धमलाको दैनिक जसो एउटा न एउटा कार्यक्रम रेडियो वा टेलिभिजनमा भएकै हुन्छ ।

यस पटक कोरोनाको सङ्क्रमण कालमा धमलाको सक्रियता अन्य समयको भन्दा अझ बढी देखियो । कोरोना सङ्क्रमणको भयावह अवस्थामा नेपालको राजनीतिक वृत्तमा दिन प्रतिदिन नयाँ नयाँ घटनाहरू विकास हुँदा पत्रकार धमलाको सक्रियता पनि बढेको थियो ।

लोकपथ डटकमले ल्याएको ‘लोकपथः फ्रन्टलाइनर्स’ भिडियो शृङ्खलामा यस पटक युवा पत्रकार ऋषि धमलालाई मुख्य अतिथि बनाएको छ । धमलासँग लोकपथका प्रस्तोता एवं स्ट्याण्डअप कमेडीमा विश्व कीर्तिमान् कायम गरेका लेखमणि त्रितालले कुराकानी गर्नु भएको छ । कुराकानीको क्रममा धमलाले आफूले लिएको अन्तरवार्तालाई व्यवस्थित गर्ने हो भने सर्वाधिक अन्तरवार्ता लिने पत्रकारमा आफ्नो पनि विश्व कीर्तिमान् हुने बताए ।

उक्त कुराकानीको भिडियो हेर्नुहोला ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?